बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ आज बाट विश्व भर रिलिज भएको छ ।यो फिल्म नेपालमा पनि करिब १५० भन्दा बढी पर्दामा एक साथ रिलिजमा आएको छ ।
फिल्मको बुधबारबाट अग्री टिकट बुकिङ थियो । बुकिङ खुल्ला गरे सँगै आक्रमक शैलिमा बुकिङ भएको सुचना मल्टिप्लेक्सले गराएको थियो ।
सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा बहुप्रतिक्षितको सुचीमा समावेश छ । यो सिनेमा असोज ७ देखि नेपाल, भारतसहित विश्वव्यापी रिलिज हुँदैछ । पिरियड प्रेमकथामा प्रदीप र क्रिष्टिनासंगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय छ ।
सिनेमाको नेपाली भर्सनमा कल्याण सिंहरएलिश कार्कीको संगीत, राजेश श्रेष्ठरपुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ । सिनेमामा मनदीप गौतम र स्वर्गीय छेतेन गुरुङको लेखन छ ।
आशुषेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द र डम्बर विक्रम सेनको कार्यकारी निर्माण तथा कुमार शान शाह र ओएसआर डिजिटलको सह-निर्माण छ ।
फिल्मको हिन्दी भर्सन भने २ दिन पछी रिलिज गरिने छ । हिन्दी भर्सनलाई पनि दर्शकले प्रतिक्षा गरेर बसेका छन
