Nepali Unicode | Preeti to Unicode

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको गठबन्धनले निष्कर्ष निकालेको छ । यही विषयमा छलफल गर्न बुधबार (आज) अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिनको लागि छलफल डाकिएको हो ।

सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमविरुद्ध संयुक्त विज्ञप्तिसमेत निकालेको छ । राष्ट्रपतिको पछिल्लो कदमविरूद्द उनको पक्ष र विपक्षमा आन्दोलन चर्किन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर