Nepali Unicode | Preeti to Unicode

सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक रहेको बताएको छ ।

सत्ताधारी गठबन्धनको बुधबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  बैठकले राष्ट्रपतिको उक्त कदम असंवैधानिक भएको निष्कर्ष निकालेको हो । राष्ट्रपतिको उक्त कदमबारे वक्तव्य निकाल्ने तयारी समेत भइरहेको छ ।

२९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा राष्ट्रपतिले फर्कादिएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रय सभाले हुबहु पास गरी पुनः प्रमाणीकरणका लागि पठाएको थियो ।

कानुनअनुसार १५ दिनभित्र राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने भए पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि उनको पक्ष र विपक्षमा आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर