नेपालमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा ३ हजार ५१२ जनाको कोरोना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसहित देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६१९ जना छन् । पछिल्लो २४ घन्टामा १६० जनाले कोरोना जितेका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा कसैको पनि ज्यान गएको छैन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार १६ पुगेको छ ।
