निर्वाचन आयोगले असोज ६ गतेदेखि ८ गतेसम्म प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक मतदान केन्द्रबाट मतदानको व्यवस्था मिलाउन अस्थायी मतदाता नामावली दर्ता गर्ने भएको छ ।
अहिले मतदाता नामावली रहेको मतदान केन्द्रमा जान नभ्याउने तथा चुनावमा खटिनेहरूलाई समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको हो ।
दर्ता भएका व्यक्तिहरूको अस्थायी मतदाता नामावली कात्तिक १ गते प्रकाशन गर्ने आयोगको भनाइ छ । नामावलीमा त्रुटि भए कात्तिक २ र ३ गते सच्याउन सक्ने र संशोधित नामावली ४ गते प्रकाशन हुने छ ।
कात्तिक ५ र ६ गते नामावलीमाथि जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिन सकिने र अन्तिम अस्थायी मतदाता नामावली कात्तिक १४ गते प्रकाशन गर्ने आयोगको तयारी छ ।
