निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उनका समर्थकहरूले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
गत आइतबार सर्वोच्चमा फर्किने तयारी गरेपछि सत्तारुढ गठबन्धनमा आवद्द कानुन व्यवसायीहरुले आन्दोलन चर्काएका थिए । सरकारले उनको निवास र सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । त्यसपछि जबरा घरभित्रै थुनिएका थिए ।
सरकारी निवासबाट निस्कन नदिएर सरकारले ‘नजरबन्द’ मा राखेको उनले बताएका थिए। महाभियोग सिफारिस समितिले प्रतिनिधिसभा कार्यकालको अन्तिम दिन सभामुख अग्निप्रसाद सापकोटा समक्ष महाभियोग लगाउन सिफारिस सहित प्रतिवेदन बुझाएको थियो।
तर, राणाले भने प्रतिनिधिसभाको कार्यकाल सकिएपछि आफूले सफाइ पाएको दाबी गर्दै आएका छन् ।
