Nepali Unicode | Preeti to Unicode

संविधान दिवस मनाइरहँदा  संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ष्ट्रपति कार्यालयमा अलपत्र परेको छ । संसदको अधिवेशन गत शनिबार मध्यरातिबाट सकिएपछि नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा अलपत्र परेको हो ।

संसदको दुवै सदनबाट दोस्रोपटकसमेत पारित भई राष्ट्रपति कार्यालयमा बसेको सो विधेयक अहिलेसम्म प्रमाणीकरण हुन नसकी राष्ट्रपति कार्यालयमा थन्किएपछि संविधानको कार्यान्वयन भयो कि अपमान भयो भन्ने दुई थरी तर्कहरु राजनीतिक बजारमा उत्पन्न भएका छन् ।

संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय हो । संविधानले हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन मद्दत गर्नुपर्छ । त्यस्तो नभएमा संविधानलाई जनताको हितका लागि संशोधन गरिरहनु पर्ने मान्यता राखेका दलहरुले बहुमतबाट नागरिकता विधेयक पास गरी राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर उनले १५ दिनसम्म अड्काएर राखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर