निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किए रोक्ने नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियनको तयारीबीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
चोलेन्द्रले सर्वोच्च प्रशासनलाई आफू च्याम्बरमा फर्कने सूचना पठाएसँगै बार एसोसिएसनले स्वीकार गर्न नसकिने बताएको हो। बारका अध्यक्ष पूर्णमान शाक्यले निलम्बनमा परिसकेका प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिने बताए। जबराले सर्वोच्च फर्किने तयारी थालेको भन्दै नेपाल बारले पनि गेटबाटै फर्काउने चेतावनी दिएको छ ।
‘निलम्बित व्यक्तिलाई कुनैपनि हालतमा सर्वोच्चको गेटबाट प्रवेश गर्न दिँदैनौं,’ शाक्यले भने, ‘कथमकदाचित प्रवेश गरिहाले भनेपनि हाजिर गर्न दिइँदैन । हामीलाई स्वीकार्य छैन ।’
