Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

वारसा, कात्तिक ८ गते।
पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उहाँका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिबार जानकारी गराउनुभएको छ । स्पाईचाल्स्कीले भन्नुभयो, “राष्ट्रपतिलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ तर उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । राष्ट्रपतिको सम्भावित सेवाका लागि चिकित्सकसहितको टोली तयारी अवस्थामा रहेको छ ।”
राष्ट्रपति डुडालाई शुक्रबार साँझ आएको रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणपछि डुडा र उहाँको कार्यालयका निकट सम्पर्कमा आएका सबै कर्मचारी क्वारेन्टिनमा बसेका छन् ।
पोलिस राष्ट्रपति डुडाले सङ्क्रमण पुष्टि हुँदासम्म नियमित कार्यालयमा गई राष्ट्रपतीय जिम्मेवारी सम्हालिरहनुभएको थियो । उहाँले क्वारेन्टिनमा बस्नुपूर्व राष्ट्रिय रङ्गशालामा उपस्थित भई त्यहाँ निर्माण भइरहेको कोभिड–१९को अस्थायी अस्पतालको निरीक्षण गरिरहनुभएको थियो ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण पोल्याण्डमा दुई लाख ४१ हजार ९४६ व्यक्तिमा देखिएको छ भने सङ्क्रमितमध्ये चार हजार ३५१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय