जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुनेपालको चारदिने औपचारिक भ्रमणमा रहेका छन् । अध्यक्ष लीले आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
चिनियाँ प्रतिनिधिमण्डलले आज बिहान भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
अध्यक्ष ली झान्सु भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार नेपाल भ्रमणमा आएका चीनका उच्चस्तरका नेता उनले बिहानैदेखि उच्चस्तरीय भेटवार्ता गरे । प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मंगलवार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे ।
