Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

काठमाडौँ, कात्तिक ८  गते। नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपतिक्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष दिनेशकुमार डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

यसैगरी पशुपतिक्षेत्रकै जयवागेश्वरीलगायत शक्तिपीठमा पनि बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन् । भौतिक दूरी कायम गरेर आज बिहानसम्म मैतीदेवी मन्दिर प्रबन्ध समितिले निर्णय गरी खुला गरिएको थियो । आज बिहान सात बजेपछि भने प्रहरीले माथिको आदेश छ भन्दै मन्दिर बन्द गरेको महानगरपालिका–३० का वडाध्यक्ष समेत रहनुभएका मन्दिर प्रबन्ध समितिका अध्यक्ष दलबहादुर कार्कीले बताउनुभयो ।

मन्दिरमा साङ्लो लगाएर एक÷एक जना मात्र दर्शन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ । प्रहरीले मन्दिर बन्द गराएपछि भक्तजनले बाहिरबाटै दर्शन गरी फर्किने गरेका छन् । महानगरपालिका–२९ स्थित कालिकास्थान मन्दिर भने भौतिक दूरी कायम गरेर खुला राखिएको अध्यक्ष कुश ढकालले बताउनुभयो । मन्दिरमा स्थानीय भक्तजनमात्र आउने भएकाले एक एक गरी दर्शन गर्न दिइएको छ । स्वयंसेवक खटाएर भक्तजनलाई दुई मिटरको दूरीमा राखी सुरक्षित रुपमा पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाइएको कालिकास्थान मन्दिर व्यवस्थापन समितिका सचिव हरि लामाले जानकारी दिनुभयो ।

महानगरपालिका–११ स्थित भद्रकाली मन्दिर भक्तजनका लागि बन्द गरिएको वडा अध्यक्ष हीरालाल तण्डुकारले बताउनुभयो । बन्द गरिए पनि केही भक्तजन भने दर्शन एवं सवारी साधन पूजा गर्ने भन्दै भद्रकाली परिसरमा जम्मा भएका छन् । यसैगरी वडा नं.२२ मा पर्ने सङ्कटा मन्दिर पनि बन्द गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिने खतरा देखिएकाले नित्य पूजाबाहेक सबै भीडभाड बन्द गरिएको वडाध्यक्ष चिनीकाजी महर्जनले बताउनुभयो ।

यसैगरी प्रत्येक हप्ता शनिबार साढेसाती एवं शनिको अढैया भएकाको भीड लाग्ने महाङ्काल मन्दिर पनि बन्द गरिएको वडा कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका–१ स्थित चार भगवतीमध्येको एक नक्साल भगवती मन्दिर पनि मूल ढोकामै ताला लगाई बन्द गरिएको छ । मन्दिर परिसरमा आउने भक्तजन सडकबाटै दर्शन गरेर हिँड्ने गरेको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै वडा नं. १५ मा पर्ने शोभा भगवती मन्दिरमा भने मूल ढोकासम्म पुगेर दर्शन गर्ने व्यवस्था मिलाइएको स्वयंसेवक राजाराम कपालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय