माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गर्ने तयारी गरेको छ ।
बुधबार बिहान राष्ट्रिय सभागृहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको क्रान्तिकारीले जनाएको छ ।
मंसिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशब्यापी व्यवस्थित र प्रभावकारी बनाउन अखिल (क्रान्तिकारी)ले बिशेष संरचना निर्माण गर्न लागेको हो।
क्रान्तिकारी फोर्स अखिल (क्रान्तिकारी) केन्द्रीय समिति मातहत रहने नयाँ संरचना हुने बताइएको छ ।
