नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सामान्य अंकले घटेको छ ।
सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४.२९ अंकले घटेर एक हजार ९ सय ७३ दशवमलब ०१ विन्दुमा बन्द भएको छ ।
सेयरबजार घटेसँगै कारोबार एक अर्ब रुपैयाँ पनि पुगेको छैन । आज नेप्सेमा ९० करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ६१ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११६ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको सेयरमुल्यमा उच्च वृद्धि भएको छ मैलुङखोला जलविद्युत कम्पनीको सेयरमुल्य ७.४३ प्रतिशतले बढेर प्रतिकित्ता ४९३.३० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज रु रु जलविद्युत्त परियोजनाको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ९ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ ।
