सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय हो ।
कानुनतः सार्वजनिक पद धारण गरेकाहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरूले त १५ दिनमा नै सार्वजनिक गर्ने परम्परा छ । तर यो पटक भने महिनौँ बित्दा पनि सम्पत्ति विवरण सार्वजनिक भएको थिएन ।मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने चौतर्फी दबाबपछि सरकारले यो निर्णय गरेको हो ।
