Nepali Unicode | Preeti to Unicode

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ज्यान मुद्दामा जेल चलान भएका पूर्व डिआइजी रन्जन कोइरालाको मुद्दा फैसला विवेकपूर्ण गरेकै कारण महाअभियोग लगाइएको भए माफी माग्ने बताउनु भएको छ ।

महाअभियोग सिफारिस समितिमा हिजो तेस्रो दिनको बयानमा निलम्बित प्रधानन्यायाधीश जबराले कोइरालाको परिवारसँगको छलफलपछि न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएकाले यसलाई प्रयोग गरी दण्ड सजाय घटाउने गरी फैसला गरेको समितिलाई जानकारी गराउनुभएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।

श्रीमतीको हत्या गरेर जेल सजाय भोगिरहेका कोइरालालाई २० वर्ष सजाय तोकिएकोमा जबराले सजाय कटौती गरी ८ वर्ष सजायको फैसला गर्नुभएको थियो ।

त्यस्तै न्यायालयमा मुद्दाको चाङ हुने भएकाले नियोजित रुपमा इजलास नतोकिएको विषयको पनि जबराले खण्डन गर्नुभएको समितिले जनाएको छ । हिजोको बयानमा जबरालाई पाँच वटा प्रश्न गरिएको थियो । समितिको अर्को बैठक आगामी २५ गते बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर