असोज महिनादेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आइतबार बसेको सञ्चालक समितिको बैठकले असोज महिना देखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
असोज महिनाको पहिलो शुक्रबार देखि नै सेयर कारोबार बन्द गर्ने नेप्सेले जनाएको छ ।
विगतमा नेपाल सरकारले जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आईतबारदेखि शुक्रबारसम्म सेयरको दोस्रो बजार कारोबार खुलाउने निर्णय गरेको थियो तर सरकारले पूनः असार १ गतेदेखि लागु हुने गरी आईतबारका लागि दिएको सार्वजनिक बिदा कटौती गर्यो त्यसपछि नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समिती बैठकले असार १ गतेदेखि धितोपत्रको दोस्रो बजार आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।
त्यस्तै केहि साता अघि नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक निरञ्जन फुँयालले नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको बताएका थिए ।
