इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले संघर्षपूर्ण जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा युनाईटेडले लेस्टर सिटीलाई १—० गोल अन्तरले पराजित गरेको हो ।
युनाईटेडको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे ।
खेलको २३ औं मिनेटमा मार्कुस राषफोर्डको पासमा सान्चोले गोल गरेका हुन् ।
जितसँगै युनाईटेडले ५ खेलमा ९ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।
लेस्टर १ अंक जोडेर पुछारमा रहेको छ ।
