Nepali Unicode | Preeti to Unicode

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया  अघि बढेको खुलासा गरेका छन् ।

आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका हुन् । उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने प्रयास पनि भइरहेको सुनाए ।केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको उनले बताए । प्रचण्डले भने, ‘त्यहाँ घोषणापत्र एउटै हुने तिर पनि हाम्रो प्रयास भइराख्या छ ।’ तर चुनाव चिह्न भने आ–आफ्नै हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर