Nepali Unicode | Preeti to Unicode

जी टु जी प्रावधानअन्तर्गत भारतबाट मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई तोकिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहार कार्कीले भारतबाट मल खरिदका लागि बाँकी चार वर्षको अवधि पनि कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय भएको बताए ।

भारत सरकारसँग हस्ताक्षर भएको समझदारीपत्रमा भएको व्यवस्था बमोजिम यो प्रक्रिया अघि बढेको हो।

सरकारले गत वर्ष पाँच वर्षका लागि भारतबाट मल खरिद गर्ने गरी जी टु जी प्रक्रियामा हस्ताक्षर गरेको थियो। त्यति बेला नै मन्त्रिपरिषद् बैठकले एक वर्षका लागि मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेलाई तोकेको थियो।

एक वर्षको अवधि असार मसान्तमै सकिएकाले खरिदको बाँकी चार वर्षको सबै अवधि कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय भएको हो। अब कृषि सामग्री कम्पनी लिमिटेडले जी टु जी प्रक्रियाबमोजिम चार वर्षका लागि भारत सरकारसँग वार्ता गरेर मल खरिद गर्नुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर