Nepali Unicode | Preeti to Unicode

नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी विभिन्न कानुन टुंगोमा पुग्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा सरकारको ध्यानाकर्षण गराएका हुन् । मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालू अधिवेशनमा नै टुंगोमा पुर्‍याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आग्रह गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको महासचिव पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पुर्‍याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोनमार्फत निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर