Nepali Unicode | Preeti to Unicode

नायिका रेखा थापाले मोरङबाट प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने तयारी गरेकी छन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस भएको हो । उनको नाम पछिल्लो समय मोरङ क्षेत्र नम्बर ६ मा पनि चर्चामा छ । नेकपा एमालेसँग राप्रपाको तालमेल भए थापाले उम्मेदवार बन्ने तयारी गरेकी हुन् ।

मोरङ क्षेत्र नम्बर–६  मा सत्तारुढ गठबन्धनबाट कांग्रेस नेता डाक्टर शेखर कोइराला उम्मेदवार बन्ने लगभग निश्चित छ । एमालेले  लालबाबु पण्डितलाई अघि सार्ने तयारी गरेको छ । तर पण्डितको लोकप्रियता खस्कीएका कारण राप्रपासँग गठबन्धन भए मोरङ ६ राप्रपालाई छाड्ने सम्भावना छ । राप्रपासँग तालमेल भए क्षेत्र नम्बर ६ मा रेखा थापालाई उठाउने तयारी छ । ‘उहाँको नाम क्षेत्र नम्बर ३ बाट सिफारिस भएको रहेछ,सो क्षेत्र छाड्नसक्ने अवस्था  छैन,’ नेकपा एमालेका एक नेताले भने,‘ क्षेत्र नम्बर ६ बाट उठ्ने  हुँदा पार्टीले लालबाबु पण्डितलाई समानुपातिक सूचीमा लैजान्छ ।’

राप्रपा नेतृ रेखा थापाले गठबन्धन भए मोरङबाट उम्मेदवार बन्ने बताइन् । ‘मोरङ मेरो घर हो,’  उनले भनिन्,‘गठबन्धन भयो भने मोरङको जहाँबाट पनि उम्मेदवार  बन्न तयार छु ।’ उनले मोरङ क्षेत्र नम्बर ३ बाट आफ्नो नाम सिफारिस भएको बताउँदै चुनावी तालमेल भए  क्षेत्र नम्बर  ६ बाट उम्मेदवार  बन्ने  बताए । नेकपा एमाले केन्द्रीय सदस्य  विनोद ढकाल राप्रपासँग तालमेलका विषयमा  जानकारी नभएको बताए ।‘माथिल्लो तहबाट केही कुरा भएछ  भने  थाहा भएन्, उनले भने,‘  राप्रपासँग तालमेल र  रेखा थापा  उम्मेदवार बन्ने कुरा  आज सुन्दैछु ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर