Nepali Unicode | Preeti to Unicode

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँटमा ६० सिटभन्दा घट्न नसक्ने अडान लिएका छन् ।

पार्टीको उपत्यका विशेष कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघमा प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये आफूहरुले ६० सिटमा दाबी गरिरहेको बताए ।

प्रदेशतर्फ त्यसैको हिसाबमा १ सय २० सिटमा दाबी रहन सक्ने उनको भनाइ छ । उनले गठबन्धनभित्र पहिलो चरणमा दलहरुले पाउने सिट संख्या टुंग्याउने र त्यसपछि कुन ठाउँमा कुन सिट कसले पाउने भन्ने निर्धारण गरिने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

उनले यहि २० गतेसम्म सिट बाँडफाँट टुंगो लाग्ने दाबी समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर