भारतीय सदगुरु आगामी शुक्रबार नेपाल आउने भएका छन् ।
कैलाश दर्शनका लागि १९ भदौमा सदगुरु नेपाल आउन लागेका हुन् । अघिल्लो वर्ष पनि लाप्चाबाट कैलाश दर्शन गरेका सदगुरुले यो पटक १ हजार ४ सय धार्मिक पर्यटकसहित नेपाल आउन लागेका हुन् ।चीनको स्वशासित क्षेत्रमा रहेका कैलाश जानका लागि समस्या परेपछि सदगुरुले हुम्लाको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्ने बताइएको छ ।
