नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक र पूर्वसैनिक अधिकारीसँग गरेको ‘परामर्श’ संविधान अनुकूल नभएको दाबी गरेका छन् ।
राष्ट्रपति भण्डारीले बुधबार सैनिक तथा पूर्वसैनिक अधिकारीसँग परामर्श गरेको खबर बाहिरिएपछि भट्टराईको धारणा सार्वजनिक भएको हो ।
अध्यक्ष भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक र पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन’, उनले लेखेका छन्, ‘नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन ।
’चुनावको मुखमा राष्ट्रपति भण्डारीले राष्ट्रवादी उत्तेजना फैलाएर एमालेलाई सघाउन खोजेको उनको भनाइ छ । ‘चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दल र नेतालाई सघाउन खोजेको भए झन् भएन’, उनको तर्क छ ।
