प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न ओली आज बिहान बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको बताइएको छ ।
भेटवार्तामा आगामी मंसिर ४ गते हुने आमनिर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भएको बुझिएको छ ।
