Nepali Unicode | Preeti to Unicode

इष्टर्न हाइड्रोपावर लिमिटेडले मंगलवारदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दाका लागि ६ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

आवेदकले एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक र प्रभु बैंकको भोजपुर शाखा एवं प्रभु बैंकको हतुवागढी  शाखाबाट आवेदन दिन सक्नेछन् ।  साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

उक्त आईपीओमा आवेदकले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । छिटोमा भदौ २१  गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ । सो अवधिमा सम्पूर्ण शेयर विक्री नभएमा आवेदकले असोज ५ गते सम्म आईपीओमा आवेदन गर्न पाउनेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई  केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर