Nepali Unicode | Preeti to Unicode

इजिप्टमा एक चर्चमा आगलागी भएको छ । इजिप्टको कोप्टिकस्थित चर्चमा भएको आगलागीमा परी ४१ जनाको मृत्यु भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृतकमा १५ जना बालबालिका छन् । हाल आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएको छ।

राजधानी कायरोको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा आगलागी भएको हो । यसको कारण भने खुलिसकेको छैन । तर विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

उद्धारमा खटिएका चार प्रहरीसहित १६ जना घाइते भएका छन्। आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालिएको राष्ट्रपति अबदेल फताह अल सिसीले बताएका छन्।

कोप्ट्स मध्यपूर्वमा सबैभन्दा ठूलो ईसाई समुदाय हो।  इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन्। (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित खवर