आगामी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि तीन दर्जनभन्दा बढी दल दर्ता भएका छन् ।
निर्वाचन आयोगक अनुसार दल दर्ता गर्ने समय अब ३ दिन मात्रै बाँकी रहेको छ ।
आयोगले निर्माण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै दल दर्ता गर्न पाइनेछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘यस बीचमा ४० राजनीतिक दल दर्ता भएका छन् ।’
आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।
