आगामी चुनावमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–१ रोचक हुने देखिन्छ । एकातर्फ नेकपा एमाले र अर्कोतर्फ ५ दलीय सत्ता गठबन्धनका उम्मेदवारबीच भिडन्त हुने आकलन गरिरहँदा सो क्षेत्रमा राप्रपा र राप्रपा नेपाल पनि मैदानमा उत्रिने तयारीमा छन् ।
मकवानपुर–१ मा एमालेबाट कृष्णप्रसाद दाहाल, मदन दाहाल र रघुनाथ खुलालको चर्चा छ भने काँग्रेसबाट इन्द्रबहादुर बानियाँ दाबेदार रहेको बताइएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा भने सो क्षेत्रमा खासै चर्चा भएको छैन। राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि यसै क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन् । तर उनलाई राप्रपाका केन्द्रीय सदस्य दिपक बहादुर सिंह चुनौती बन्ने देखिन्छन् । दुवै नेताको निर्वाचन क्षेत्र मकवानपुर–१ नै हो ।
