Nepali Unicode | Preeti to Unicode

४ मंसिरमा हुने संघीय र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ ।

संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी गराए। उनले भने, ‘सात वटा प्रदेशमा कुन कुन दलले भाग लिन्छन् र संघीय निर्वाचनमा कुन कुन दलले भाग लिन्छन् कुराको निधो भदौको पहिलो हप्ताभित्र गरिसक्छौँ ।

निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ । सरकारले आज मात्रै चुनावको मिति घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर