Nepali Unicode | Preeti to Unicode

काठमाडौं । युक्रेनको सबैभन्दा धनी र प्रमुख व्यवसायी मध्येका एक व्यक्तिको रुसी मिसाइल आक्रमणमा मृत्यु भएको छ ।

बीबीसीका अनुसार युक्रेनको दक्षिणी सहर माइकोलाइभमा शनिवार राति धनाढ्य ओलेक्सी भाडाटुर्क्सीको घरमा मिसाइल आक्रमण भएको हो ।  मिसाइल प्रहार हुँदा ७४ वर्षीय खाध्यन्न निर्यातक रहेका ओलेक्सी भाडाटुर्क्सी र उनकी श्रीमती रायसाको मृत्यु भएको छ।

भाडाटुर्स्की अन्न निर्यातमा संलग्न एक कम्पनी निबुलोनको सञ्चालक थिए  । उनी ‘हिरो अफ युक्रेन’ अवार्डबाट समेत सम्मानित भएका व्यक्ति हुन् ।  २०२१ मा भाडाटर्क्सीको कुल सम्पत्ति ४०० मिलियन अमेरिकी डलर रहेको थियो।

ओडेसाको महत्त्वपूर्ण बन्दरगाहको मार्गमा रहेको माइकोलाइभ शहर फेब्रुअरीको रुसी आक्रमण देखि नै गोलाबारीबाट गुज्रिरहेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमीका सल्लाहकारले भाडाटर्क्सीलाई रुसी सेनाले निशाना बनाएको र मिसाइल उनको घरको सुत्ने कोठामा खसेको दाबी गरेका छन्।

युक्रेनका सबैभन्दा धनी व्यापारी र उनकी पत्नीको मृत्यु हुँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भने वार्षिक नौसेना दिवस समारोह थिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर