Nepali Unicode | Preeti to Unicode

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान बालुवाटारमा भएको भेटवार्तामा उहाँहरुबीच अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः नियुक्ति गर्ने सहमति भएको माओवादीका एक नेताले  जानकारी दिए ।

शर्माको आजै साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्ने अघिल्लो दिन गत जेठ १४ गते राती अर्थमन्त्रालयमा करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले गत असार २२ गते पदबाट राजीनामा दिनु भएको थियो ।

सोही दिन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । तर, समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर