Nepali Unicode | Preeti to Unicode

नवलपुर । पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डको दाउन्नेमा गुडिरहेको यात्रुबाहक बस अनियन्त्रित भइ सडक छेउँको भित्तामा ठोक्किएर आगलागी हुँदा ३३ जना घाइते भएका छ्न् ।

बुधबार बिहान ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ५१०० नं को बस दाउन्ने सडक खण्डको विश्वकर्मा बाबा नजिकै सडकको दायाँ छेउँमा अनियन्त्रित भइ ठोक्किएर आगलागी भएको नवलपुर प्रहरीले जनाएको छ ।

आगलागीबाट बसमा सवार ३३ जना घाइते भएका र ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यसअघि पहिले प्रहरीले ३१ जनामात्र घाइते भएको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर