Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

काठमाडौं, ३० असोज । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय शक्तिशाली बन्दै गएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूह ओलीसामू निरीह बनेको छ । पार्टी र सरकार दुवैमा ओलीले एकपछि अर्को गरेर पेलेर नै अघि बढेका छन् । दाहाललगायतका नेताहरुले ओलीको कार्यशैलीको विरोध गरेपनि ओलीले कसैको कुरा सुनेका छैनन् ।

स्थायी कमिटी बैठकमा सहमतिमै मन्त्रिमण्डल पूनर्गठन गर्ने निर्णय भएपनि प्रधानमन्त्री ओलीले एकलौटी रुपमा गरेपछि नेकपाभित्र यतिवेला विवाद पूनः सुरु भएको छ । दाहालसहित वरिष्ठ नेताद्धय नेपाल र खनालले मन्त्रिपरिषद हेरफेरमा आफूहरुको असहमति रहेको टिप्पणी गरिसकेका छन् । अलिक ठूलो मात्रामा मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरिएको भनेर नेताहरुले सार्वजनिक रुपमै भनेपनि ओलीले भने रिक्त रहेका मन्त्रालयमा मात्रै नेतृत्व ल्याएका छन् । उनले विष्णु पौडेललाई अर्थ, लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका मन्त्री र कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्री बनाएका छन् । उनले यसअघि महिला, बालबालिका मन्त्रालयको नेतृत्व गरेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओली हरेक कारणले पार्टीभित्र बलियो बन्दै गएको चर्चा छ । प्रधानमन्त्री ओलीसँग प्रभावकारी टिम छ । यसअघि दाहाल–नेपाल समूहले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउनको लागि प्रयास गरेको थियो । तर, ओलीले आफूलाई हटाएर देखाउन चूनौति दिएका थिए । अन्तिममा दाहाल–नेपाल समूह ओलीसामू निरीह भएको थियो । ओलीसँग अर्का अध्यक्ष दाहालले सम्झौता गरेका थिए । दाहाललाई कार्यकारी अध्यक्षसहित पार्टीको सम्पूर्ण काम हेर्ने अधिकार दिईएको थियो । नेकपामा अहिले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीक निर्णयमा आपत्ति जनाएपनि केही गर्न नसकेको चर्चा पनि छ । नेकपाका एक नेता भने,‘अब दाहाल–नेपाल समूहलाई ओलीलाई कमजोर बनाउनको लागि निकै मुश्किल छ। अध्यक्ष ओली कसैसँगपनि सम्झौता गर्ने पक्षमा छैनन् ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय