Nepali Unicode | Preeti to Unicode

प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने कार्यक्रम छ । आजै सो कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची पनि रहेको छ ।

२९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ ।

आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुने सम्भावित कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।-

प्रतिक्रिया

सम्बन्धित खवर