अनधिकृत व्यक्तिलाई बोलाइ बजेटमा करका दर हेरफेर गरेको तथा त्यसको प्रमाण रहने सीसीटीभी फुटेज पनि डिलिट गरेको विषयमा बयान दिन पूर्वअर्थमन्त्री जनार्दन शर्मा संसदीय समिति पुगेका छन् ।
उक्त विषयमा अनुसन्धान गर्न बनेको संसदीय छानबिन विशेष समितिमा उनी केही बेर अघि पुगेका हुन् । बैठक साढे ८ बजेबाट सुरु भएको हो । समितिले आज शर्मासँग बयान लिँदैछ ।
गत असार २२ मा गठित समितिले पाएको १० दिनको म्याद पनि आजै (५ साउन) मा सकिँदै छ। तर, कतिपय विषय अध्ययन गर्नुपर्ने भएकाले आज समितिको म्याद थप हुनसक्छ ।
समितिका एक सदस्यका अनुसार दिइएको समयसीमाभित्र छानबिन नसकिएकाले समितिको म्याद थप्नुपर्ने भएको हो।
