बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ ।
मङ्गलबार १६.२७ अङ्कले बढेर २०४५.६९ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ०.५१ अङ्कले बढेर २०४६.२१ विन्दुमा पुगेको हो।
सेन्सेटिभ इण्डेक्स पनि ०.१६ अङ्कले उकालो लागेको छ । यस दिनको प्रि सेसनमा ५ कम्पनीको १ लाख ६० हजार ९१७ रुपैयाँ बराबरको ४८४ कित्ता सेयर किनबेच भएको छ ।
जसमध्ये ४ कम्पनीको सेयरमूल्य बढ्दा १ कम्पनीको मूल्य भने घटेको छ ।
