Nepali Unicode | Preeti to Unicode

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालको सत्ता गठबन्धनलाई कायमै राखेर संसदीय निर्वाचनमा जाने काङ्ग्रेसको निर्णय सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

सिंहदरबारमा मङ्गलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन जोगाएर चुनावमा जाने काङ्ग्रेसको निर्णय सही रहेको सुनाएका हुन् ।

‘काङ्ग्रेसले सही निर्णय गरेको छ, त्यो एकदमै सही हो। हाम्रो पनि गठबन्धन जोगाएरै जाने भन्ने छ। यो गठबन्धन यताउती हुँदैन,’ प्रचण्डले भने।

काङ्ग्रेस केन्द्रीय समिति बैठकले पाँच वर्ष आफ्नो नेतृत्वमा स्थिर सरकार बनाउने शर्त सहित वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर