Nepali Unicode | Preeti to Unicode

नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा भुसाललाई सपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री शेरबहादुर देउवा  र राष्ट्रिय सभाका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

गत शुक्रबार प्रतिनिधि सभाको उपसभामुखमा गठबन्धनको तर्फबाट नेपाली  काङ्ग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर