Nepali Unicode | Preeti to Unicode

आजसम्म कायम ऋणपत्रधनीहरुले ब्याज पाउने भएका कारण ऋणपत्रको मूल्य उकालो लागेको हो ।  ३ ऋणपत्रको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल इन्भेष्टमेन्ट बैङ्का, माछापुच्छ्रे बैङ्क र सानिमा बैङ्कको ऋणपत्रको मूल्य १० प्रतिशत बढेको छ । एनआईसी एशिया र कृषि विकास बैङ्कोको ऋणपत्रको मूल्य पनि  ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक उकालो लाग्दा ७ उपसमूहको सेयरमूल्य ओरालो लागेका छन् । यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १५७ प्रतिशतले बढेको छ । अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६८ प्रतिशतले ओरालो लागेको छ ।

शुक्रबार २ घण्टामा २३१ कम्पनीको २१ हजार ६१५ पटकको १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ बराबरको ४० लाख ५१ हजार कित्ता सेयर किनबेच भएको हो । हकप्रद निष्काशन गर्ने घोषणा गरेको अपर तामाकोसी हाइड्रोपावरको यस दिन सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १९ करोड ७२ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर