Nepali Unicode | Preeti to Unicode

वाग्मती  प्रदेशसभाको दशौँ अधिवेशनको बैठक असार २९ गते बस्ने भएका छ ।

अपराह्न १ बजे बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार फलफल भई प्रतिवेशनसहित विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले  जानकारी दिए ।

प्रदेशसभाका सबै सदस्यलाई असार २९ गते हुने बैठकमा सहभागी हुन सूचना जारी गरिएको छ ।  वाग्मती प्रदेशसभाको बैठक यसअघि असार १६ गते बसेको थियो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर