प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ ।
एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुङ्गो लागि नसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।संसदीय छानबिन समिति ६ सदस्यीय हुने बताइएको छ ।
