Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको उल्लेख गरे ।

नेपाली काँग्रेसका भूतपूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा बोल्दै देउवाले यस्तो धारणा राखेका हुन् ।उक्त कार्यक्रममा काँग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको गुनासो गरेका थिए ।गुरुङलाई जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुन्छ नै । यसलाई सबैले सामान्य रुपमा लिनुपर्छ । पछि सभापति भएपछि थाहा पाउनुहुनेछ । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । साथीहरुले यसलाई बुझ्नुपर्छ ।’देउवाले नेपाली राजनीतिमा स्व. कोइरालाको भूमिकाबारे पनि चर्चा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर