नेपाली फिल्म सम्पादक किरण अधिकारीको निधन भएको छ । हृदयघातका कारण उनको आइतबार निधन भएको हो ।
छायाँकार रवि कोइरालाका अनुसार उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउँदै गर्दा उनको निधन भएको हो । उनले पछिल्लो समय दाई राजु अधिकारीसँग मिलेर करुणा फिल्मस् संचालन गर्दै आएका थिए । ‘बिचबाटो’, ‘मेरो राजेश दाई’ ‘मधेस पुत्र’ लगायत थुप्रै फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री तथा विज्ञापन चलचित्र उनले सम्पादन गरेका छन् ।
