Nepali Unicode | Preeti to Unicode

जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री भएका महिन्द्रराय यादवले सरकारबाट मन्त्री फिर्ता बोलाएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

जसपाले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य समेत रहेका उनले  मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नभएका बताएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका नेता यादवले  ‘पार्टीले कतिखेर निर्णय गर्‍यो, कतिखेर कसलाई पठायो, कसलाई फिर्ता बोलायो, त्यसको बारेमा आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारे ।

उनले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने उल्लेख गरे । मन्त्री यादव जसपाका सङ्घीय  परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई निकट मानिन्छन् । जसपाले नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंहको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ ।

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादव फिर्ता हुँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर