नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गर्दै उनले काङ्ग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नभएको बताएका हुन् ।
त्यस्तै उनले , नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दावी गरेको र जनता समाजवादी पार्टीले तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएको बताए । काङ्ग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार नहुँदा रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा माओवादी बलियो भएका ठाउँमा अरु दलसँग मिलेर माओवादीलाई हराउन लागेको अध्यक्ष प्रचण्डको भनाइ छ ।
काङ्ग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवार सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा नदिँदा अत्यधिक म तबदर भएको उनले बताए ।
