Nepali Unicode | Preeti to Unicode

अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने सरकारले निर्णय गरेपनि अहिलेसम्म  अमेरिकाले पत्र पाउन सकेको छैन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको जानकारी दिइन् । सरकारले एसपिपीमा  सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ ।

परराष्ट्र मन्त्रालयले पनि सरकारको निर्णय प्राप्त भएको तर अमेरिका पठाइनसकेको प्रवक्ता लम्सालले जानकारी दिएकी हुन् । यसअघि सन् २०१५ र सन् २०१७ मा नेपाली सेनाले एसपीपीमा सहभागी गराउन काठमाडौंस्थित अमेरिकी दूतावासमा पत्राचार गरेको थियो ।

त्यसपछि अमेरिकाले सन् २०१९ मा नेपाललाई एसपिपीमा सहभागी गराएको पत्र सार्वजनिक भएको थियो । गत जेठमा नेपाल एसपीपीमा सहभागी भएको विषय सार्वजनिक भएपछि सरकारले उक्त कार्यक्रममा  सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर