Nepali Unicode | Preeti to Unicode

सेयर बजार आइतबार ५७ अङ्क भन्दा बढीले उकालो लागेको छ ।

साताको पहिलो कारोबारको दिन नेप्से ५७.६१ प्रतिशतले बढेको बजार २०८६.३८ बिन्दुमा पुगेको हो । आइतबार कुल २३१ कम्पनीको ४५ हजार १२० कारोबारबाट ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार  २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै उपसमूहमा हरियाली देखिएको छ । व्यापार र जलविद्युत् उपसमुहका लगानीकर्ताले धेरै कमाएका छन् । आइतबार ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किन लागेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोशी, सान्जेज जलविद्युत्, नेष्डो समृद्धि लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले उकालो लागेको हो ।

रसुवागढी हाइड्रो, मध्यभोटेकोशी, कर्पोरेट डेभलपमेन्ट बैङ्कसहितको मूल्य समेत सर्किट लेभलमा बढेको छ । आइतबार बीओके डिभेन्चर, ङ्याग्दी ग्रुप पावरको मूल्य धेरै घटेको छ । यस दिन ङ्याग्दी ग्रुपको सबैभन्दा धेरै २२ करोड २८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर