Nepali Unicode | Preeti to Unicode

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरू भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  कमलादीस्थित प्रज्ञा भवनमा पुगेसङ्गै बैठक सुरू भएको हो । बिहान ११ बजेदेखि सुरू हुनुपर्ने बैठक शीर्ष नेताहरू आउन ढिला भएसङ्गै मध्यान्ह करिव १२ बजे सुचारू भएको हो ।

बैठकमा चुनावी समीक्षा, पदाधिकारीको पूर्णता, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने  पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।

महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । त्यस्तै केन्द्रीय सदस्यको सङ्ख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ। साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ। मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ।

प्रतिक्रिया

सम्बन्धित खवर