Nepali Unicode | Preeti to Unicode

नेपाल प्रहरी प्रमुख (आइजिपी) नियुक्तिविरुद्ध परेको रिटमामाथि आज पनि सुनुवाइ हुँदै छ ।

सर्वोच्चका कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा रहेको यो मुद्दा हेर्दाहेर्दैमा छ ।

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा यो मुद्दा चौथो पटक सुनुवाई हुन लागेको हो । यस अघि जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे संयुक्त इजलासले सुनुवाई गरिसकेको छ ।

मन्त्रिपरिषद्ले १८ वैशाखमा धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि यसविरुद्ध अर्का दावेदार एआईजी विश्वराज पोखरेल सर्वोच्च पुगेका थिए ।

उनको रिटमा वरिष्ठताक्रम मिचेर प्रहरी प्रमुखमा नियुक्ति गरिएको दाबी गरिएको छ । उनले अदालतसँग आफूलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्न सरकारका नाममा परमादेश माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर